सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
उत्तरमा चमचम गरी चम्कने त्यो शिर
मखमली बुट्टेदार कम्मर बिचतिर
हाम्रो काखमा लहलह धानका बाला झुल्ने
बुद्धका ती उपदेशले विश्वनेत्र खुल्ने।
चराहरू चिरबिर गरी मिठो गीत गाउँछन्
नदीनाला झरनाले मादल बजाउँछन्
बोट-वृक्ष मिलीजुली कम्मर मर्काई नाच्छन्
हिमाल पहाड तराईले मिठो प्रेम साँध्छन्।
ती पुर्खाका बलिदानले बचाएको देश
रंगीचंगी पुतलीझैँ हाम्रो प्यारो भेष
के कम थियो स्वदेशमा युवा टाढा गए?
कृषिबाटै विकास हुन्थ्यो यही देशमा भए।
सौन्दर्य र संस्कृतिले विश्व लोभ्याएको
विमानस्थल वरपर विदेश जाने लर्को
युवाहरू विदेशतिर बाझैँ खेतबारी
सुन फल्ने बारीभरि वनमाराको घारी।
फर्क युवा नेपालमा उन्नतिका लागि
तिम्रै खाँचो परेको छ किन जान्छौ भागी
झुपडी र पखेराले तिम्रै बाटो हेर्छन्
तिम्रो साथ र स्पर्शले सुखको सास फेर्छन्।
(संविद ढकाल डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।)