सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
मेरो सानो बिरालो
रोजी यसको नाम
म्याँउ म्याउँ गर्दै
माग्छ बुबु माम
बिहान सधैं भ्यालमा आउँछ
मलाई बिउँझउछ
साँझ स्कुलबाट फर्किंदा
मलाई कुरी बस्छ
अहिले उ सानो छ
भोली ठूलो हुनेछ
म्याँउ म्याउँ गर्दै
म सँगै खेल्छ
मैसँग बस्छ।
(अनुश्री पौडेल सेण्ट मेरिज हाइ स्कुल जावलाखेलमा कक्षा १ (डि) मा अध्ययनरत छिन्।)