सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
खरले छाएको घर छ, पक्की ढलान बनाउनु छ
मेरो परिवारलाई साथ, सहयोग र सद्भाव दिनु छ
मेरी प्यारी आमालाई एक जोडी नयाँ सारी दिलाउनु छ
बुवाको काधबाट जिम्मेवारीको बोझ मै माथि गिराउनु छ
भ्रष्टाचारले पछि परेको मेरो देशलाई अघि बढाउनु छ
जनतालाई सुख दिलाउन मैले नै साथ दिनु छ
भ्रष्टहरूलाई सम्झाउनु छ देश जोगाउँनु छ
उनीहरूलाई पाप र धर्मको भाग भोगाउनु छ
खाल्डामा परेकालाई हात दिएर बाहिर निकाल्नु छ
सबै भाइबहिनीलाई असल मार्गमा हिँड्न सिकाउनु छ
गुरूहरूले दिएको दिक्षा सधैँ जिवनमा अपनाउनु छ
साथीहरूलाई सही कामको लागि हौसला दिनु छ
गरिबको मर्म बुझेर उनीहरूलाई न्याय दिलाउनु छ
दुई दिनको जिन्दगीमा असल कार्य गरि बिलाउनु छ।
(पुजन भट्टराई सैनिक आवासीय महाविद्यालयमा कक्षा १० मा अध्ययनरत छन्।)