सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मेरो मामाघर नजिकै बग्ने खोलाको नाम ‘दरौ खोला’ हो । त्यो खोलामा अरू थुप्रै साना खोला मिसिँदा रहेछन्। घट्टे खोला, सहरे खोला, दिर्जे खोला, केवरे खोला, गड्यौली खोला, कौडी खोला मिलेर दरौ खोला बग्ने रहेछ।
मैले दिर्जे खोला र गड्यौली खोला देखेँ। दरौ खोलामा मिसिने अरू खोलाको नामहरू हजुरबुबाले भन्नुभएको हो। दरौ खोला आँधीखोलामा मिसिँदो रहेछ। आँधी खोला काली गण्डकीमा मिसिँदो रहेछ। मलाई किन किन खोला, नदी, ताल, पोखरी निकै मन पर्छ। दरौ खोलामा त मैले भिडियो पनि बनाएको थिएँ।
स्याङ्जाबाट काठमाडौँ फर्किने बेलामा थुप्रै खोला र नदी छन्। त्रिशुली नदी हेर्ने मेरो ठूलो रहर थियो। गाडी जामका कारण रात पर्यो अनि देख्न पनि पाइएन। मलाई काली गण्डकी पनि हेर्ने उत्तिकै रहर छ। मैले बाबालाई त्यो कुरा भनेँ। बाबाले पछि हेर्न जाऔँला भन्नुभएको छ।
(आशुतोष काफ्ले डियरवाक सिफल स्कुलमा कक्षा २ मा अध्ययनरत छन्।)