सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
वसन्तको हरियाली आज कहाँ गयो?
आजभोलि जताततै वनविनाश भयो?
विरूवा रोपी फल फल्छ रोप्ने पो हो कि?
भोलि भन्दै नटारी आजै गर्ने पो हो कि?
हरियो वन आज संकटमा पर्दै गयो
मानिसको मूर्ख बुद्धिले रूख काटिदै गयो
गर्व गर्ने नाउ छैन शिर काटिदै छ
काट्ने मात्र गर्छन् यहाँ रोप्ने कहाँ को छ?
वृक्षारोपण गरौँ आजै हातेमालो गर्दै
दुस्मनको नजर पनि छियाछिया पार्दै
वृक्षारोपण गरेमा पानीको मूल फुट्नेछ
स्वच्छ सफा पानी पिएमा स्वास्थ्य राम्रो हुनेछ
लिने मात्र होइन अब दिने पनि गरौँ
हामीलाई नै फाइदा हुन्छ वृक्षारोपण गरौँ।
टाढा जानु पर्दैन घाँस दाउरा गर्न
जडिबुटी यहीँ पाइन्छ, पर्दैन अकालमा मर्न।
(साजन अधिकारी अर्किड स्कुलमा अध्ययनरत छन्।)