सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
आफ्नो परिवारबाट टाढा रहि, आफ्नो सारा खुसी त्याग गरेर
देशलाई खुसी बनाउने ती सेनालाई सलाम।
दिन-रात देशको सिमानामा खटी, भोक र निद्रा नभनी
देशको रक्षा गर्ने ती सेनालाई सलाम।
ज्यान जाने समयमा पनि अटल रहि, बहादुरीताका साथ लडेर
वीर गोर्खाली भनी चिनिने ती सेनालाई सलाम।
आफ्नो ज्यानको बलिदान दिई, देशको लागि सहिद भएर
सारा नेपालीको लागि अमर हुने ती सेनालाई सलाम।
आफ्नो भन्दा देशको माया गरि, देशको रक्षक बनेर
देशकै लागि समर्पित हुने ती सेनालाई सलाम।
(दिग विजय खनाल सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कक्षा १० मा अध्ययनरत छन्।)