सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
म जन्मेको बाह्र वर्ष पछी जन्मेको मेरो प्यारो भाइ
तिहारमा सप्तरंगी खुसीका रंग भर्ने मेरो प्यारो भाइ
मेरो एक्लो जिन्दगीमा साथ दिन आएको मेरो प्यारो भाइ
मेरो बालापनलाई पूर्णता दिन आएको मेरो प्यारो भाइ
तिम्रो त्यो कलिलो ओठमा सदैव खुसी ल्याउन सकुँ मेरो प्यारो भाइ
तिम्रो बालापनलाई भरिपूर्ण गरी तिमीसँगै रमाउन सकुँ मेरो प्यारो भाइ
तिम्रो तोते बोलीमा मुस्कुराई तातेताते गराउन सकुँ मेरो प्यारो भाइ
ठूला त सबै हुन्छन् जिवनमा असल मान्छे बन्नु है मेरो प्यारो भाइ
बुबाआमाको नामले त सबै सन्तान चिनिन्छन् मेरो प्यारो भाइ
हाम्रो नामले आमाबुवालाई चिनाउन सक्ने बनौं है मेरो प्यारो भाइ
आमाबुवाको मेहेनतको कदर गर्न सक्ने बनौं है मेरो प्यारो भाइ
उहाँहरूको अनुहार खुसीले सदैव भर्न सक्ने बनौं है मेरो प्यारो भाइ
तिमी नबोलिकनै तिम्रो अनुहार हेरी तिमीलाई बुझ्न सकौं मेरो प्यारो भाइ
तिम्रो प्रत्येक पाईला र सुखदु:खमा तिमीलाई साथ दिन सकुँ मेरो प्यारो भाइ
मलाई थाहा छ एकदिन तिम्रो दिदी हुनुमा गराउँनेछौ मलाई गर्व मेरो प्यारो भाइ
सर्वगुण सपन्न बन्नेछौ भन्ने विस्वासका साथ तिम्रो नाम राखे अथर्व मेरो प्यारो भाइ
(प्रत्युषा बस्नेत बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ४ मा अध्ययनरत छन्।)