प्रिमियर स्टील प्रा.लि.ले हालै पूर्वी नेपालमा आफ्नो उत्पादनको बिक्री वितरण प्रारम्भ गरेको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त कम्पनीले उत्पादन गरेको एफइ ५०० छड विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीले जानकारीदिएको छ।
८ एम एम देखि ३२ एम एम सम्ममा उपलब्ध हुने प्रिमियर स्टिल उच्च गुणस्तरको रहेको कम्पनीको दावी रहेको छ । प्राइम विलेटको मात्र प्रयोग गरी उत्पादन हुने हुँदा यो आफैमा गुणस्तरीय छड बन्न पुगेको कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ।
उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन प्रतिघण्टा ४० टनका दरले उत्पादन गर्नसक्दछ । कम्पनीले २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गर्ने गरेको छ । अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको जापानी प्रविधिको फलामे डन्डीको उत्पादन गर्दै आएको छ ।
उद्योगमा पूर्ण स्वचालित रोलिङ्ग प्रणाली भएकाले मानवजन्य गल्तीका कारण उत्पादन कमजोर नहुने र कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मेसिनबाट यसको रिब डिजाइन र नोचिङ गरिने हुँदा सिमेन्टको मिश्रणसित बलियो बन्धन समेत हुनेछ ।
डन्डीको मूख्य बजार हाल प्रदेश नं. १ रहेको छ भने आगामी दिनहरुमा उत्पादनलाई मुलुकभरि नै पु¥याउने लक्ष्य कम्पनीले लिएको छ । पुनर्निर्माण एवं हाइड्रो लगायत राष्ट्रिय गौरवका आयोजना धमाधम बन्दै गइरहको वर्तमान अवस्थामा फलामे डन्डी र सिमेन्टको माग समेत बढ्ने हुँदा कम्पनीले प्राथमिकताका साथ आफ्नो उत्पादनलाई अगाडी बढाएको छ ।
कम्पनीले ८ मि. मि देखि ४० मि. मि. साईजका छड उत्पादन गर्न सक्नेछ । हाल उद्योगले एफइ ५०० ग्रेडका छड सर्व सुलभ रुपमा उत्पादन एवं विक्रि वितरण गरिरहेको तथा निकट भविष्यमा एफइ ५०० डी ग्रेडमा पनि छड उत्पादन गर्ने लक्ष्य लिएको छ ।
शारदा ग्रुप तथा राठी ग्रुपको संयुक्त लगानीमा स्थापना गरिएको यस प्रिमियर स्टिल प्रा.लिमा दक्ष एवं अनुभवी समुहको सहभागीता रहेको छ । ३६ वर्ष भन्दा बढीको स्टीलजन्य उत्पादान सम्बन्धी अनुभव भएका सञ्चालकहरुको सहभागीताले गुणस्तरीय उत्पादनमा विशेषता हासिल गरेको छ ।
हाल कम्पनीले एफइ ५००ग्रेडको स्टिल उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन नेपाल गुणस्तरले तोकेको मापदण्ड भन्दा पनि अझ स्तरीय रहेको छ । पूण्