शंकर गु्रपको रिद्धि सिद्धि सिमेन्टले निर्माणकर्मीहरुसँग अन्तरक्र्रिया गरेको छ। ‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देशका साथ चितवनमा गरिएको कार्यक्रममा सिमेन्टका बारेमा प्राविधिक जानकारी प्रदान गरिएको थियो।
सहायक ब्राण्ड म्यानेजर अनुज महतले यस सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा ंविशेषता तथा प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा जानकारी गराए।
उनले भने ‘प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भि.आर.एम.), एफ.एल. स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङले सिमेन्टलाई स्तरीय बनाएको छ।’