पप्पु र कालिका कन्ट्रक्सनले तत्काल ठेक्का प्रक्रियामा भाग लिन नपाउने भएका छन्। सार्वजनिक खरिद (छौठौ संशोधन) नियमावली, २०७५ अनुसार पप्पु कन्ट्रक्सन र कालिका कन्ट्रक्सन कन्ट्रक्सनले ठेक्का लिन नपाउने भएका हुन्।
खरीद नियमावलीको छैटौं संसोधन (२०७५) अनुसार भ्रष्टाचार अभियोगमा सफाइ नपाएसम्म उक्त कम्पनीको प्रस्तावलाई मूल्यांकन प्रक्रियामा समावेस गरिने छैन।
पप्पु कन्ट्रक्सनमा पुर्व संचालक तथा पुर्व सांसद हरी नारायण रौनियारलाई बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने व्यहोराको उजुरीमाथि अनुसन्धान गर्दा दोषी भेटिएको ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमितलगायत १२ जना कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उनलाई १९ करोड २५ लाख हिनामिना गरेको अख्तियारको दाबी थियो।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डे सहित २१ जना विरुद्ध सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। यसको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जोइन्ट भेन्चरले पाएको थियो।