एक्ससीएमजीको नयाँ २२ टनको एक्साभेटर नेपाली बजारमा आएको छ।
एक्ससीएमजीले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिनलगायतका निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ।
नेपालका लागि एक्ससीएमजीको आधिकारिक बिक्रेताको रुपमा आईडीएमसी रहेको छ।
यो कम्पनीले गत सोमबार सोल्टी होटलमा एक्सइ २१५ सी एक्साभेटर लन्च गरेको थियो।
यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ। साथै, एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको कम्पनीले बताएको छ।