सरकारले सिमेन्टमा लगाउँदै आएको अन्तशुल्क दर हटाए सिमेन्टको मूल्य घटाउने सिमेन्ट उद्योगीहरूले बताएका छन्। हाल सरकारले प्रतिबोरा सिमेन्टमा १० रूपैयाँ अन्तशुल्क लगाउँदै आएको छ।
आयातित सामानमा भ्याट र भन्सार दर बाहेक अतिरिक्त शुल्क थप गर्न अन्तशुल्क कर लगाइन्छ।
सरकारले आयातित सिमेन्टलाई निरूत्साहित गर्न अन्तशुल्क कर लगाउँदै आएको हो। त्यससँगै स्वदेशी सिमेन्टलाई पनि लगाएको थियो।
‘हाल नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ। सरकारले लगाउँदै आएको अन्तशुल्क कर हटाए सिमेन्ट मूल्य घटाउँछौं’, सिमेन्ट उद्याेग सघका अध्यक्ष ध्रुब थापाले भने।
सिमेन्टमा लगाइएको अन्तशुल्क दर हटाइने बारे अर्थमन्त्रलयमा छलफल भइरहेको छ।
निर्माणका कामले गति लिन नसक्दा पछिल्लो समय निर्माण सामग्रीको मूल्य घटेको छ। हाल सिमेन्ट प्रतिबोरा ६ सय देखि ७ सयसम्म रूपैयाँ रहेको छ।