अर्घाखाँची सिमेन्ट प्रालिले आफ्नो उपभोक्ताका लागि सार्वजनिक गरेको धन वर्षा योजनामा काठमाडौं जडिबुटीका मनोजकुमार सिललवालले एक लाख रुपैयाँ जितेका छन्। कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई आज एक कार्यक्रमबिच उपहार रकमको चेक हस्तान्तरण गरेका छन् ।
सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट खरिद गरेका थिए । इन्जिजियर तथा अन्य साथीहरुको सल्लाहमा आफूले अर्घाखाँची सिमेन्ट किनेको सिलवालले बताए।
यसरी एक लाख बराबरको नगर पुरष्कार पाउने सिलवाल दोश्रो उपभोक्ता हुन् । उनीभन्दा पहिला तीन साताअघि बुटवलकी बिन्दु खनालले पनि सोहि रकम बराबरको नगद पुरष्कार जित्न सफल भएकी थिइन् ।
स्थापनाको पाँचाै वर्षगाँठको उपलक्ष्यमा अर्घाखाँची सिमेन्ट प्रालिले मंसिर ८ गतेदेखि दुई महिनाका लागि धन वर्षा योजना संचालनमा ल्याएको थियो ।
योजनाअन्तर्गत हालसम्म सयाैँ उपभोक्ताहरुले रु १००, रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार हासिल गरिसकेका छन् ।
यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् ।