नेपाल गुणस्तर तथा नापतौल विभागले दुई निर्माण सामग्री उत्पादक कम्पनीलाई कारबाही गरेको छ।
विभागबाट नेपाल गुणस्तर प्रमाण चिन्ह लिएका गोयन्का सिमेन्ट र कमला रोलिङ मिल्सले गुणस्तर मापदण्ड पुरा नगरेको विभागले कारबाही गरेको हो।
गोयन्का सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थको मान तोकिएको गुणस्तरअनुसार नभएकाले उक्त ब्रान्डको सिमेन्टको गुणस्तर प्रमाण चिन्ह इजाजत स्थगत गरिएको विभागले जानकारी दिएको छ।
त्यस्तै डन्डी उत्पादक कम्पनी कमला रोलिङ मिल्सले उत्पादन गर्ने टिएमटी बारमा सल्फर, फोस्पफोरसको मान तोकिएअनुसार नभएकाले कारबाही गरिएको विभागले जानकारी दिएको छ। यो कम्पनीको गुणस्तर प्रमाण चिन्ह इजाजत पनि स्थगन भएको छ।