शिवम सिमेन्ट्सले कोभिड–१९ को विषम् परिस्थितिमा घरमै बसेर सिमेन्ट खरिद गर्न बनाएको ‘शिवम् मोवाईल एप’ ले ग्राहकहरुलाई सहज भएको छ ।
हरेक असहज परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तर दिदै आईरहेको शिवमले घरै बसी अनलाईनबाट सिमेन्ट खरिद गर्न चाहने ग्राहकहरुको लागि सजिलो मोवाईल एप ल्याएको हो ।
सार्वजनिक गरेको छोटो समयमै ग्राहकहरु माझ लोकप्रिय बनेको शिवम मोवाईल एपलाई प्रयोग गर्न थप सरल र सहज होस भनेर छिटै नेपाली भर्जन सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ ।
यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ ।
झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ ।
यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।
कम्पनीका अनुसार गुगल प्ले स्टोर र आईओएस एप स्टोरबाट शिवम मोबाइल एप डाउनलोड गरी सिमेन्ट खरिद गर्न सकिने छ, रकम भुक्तानीको लागि खल्ती, इसेवा, कनेक्ट आइपिएस वा क्यास अन डेलिभरीमा मध्ये ग्राहकलाई सहज कुनै एक माध्यम छान्न सक्ने छन ।
हाललाई उपत्यका भित्र सेवा दिइरहेको र ग्राहकको अर्डरलाई तोकिएकै समयमा कम्पनीले घर घरमै डेलिभरी गर्ने जनाईएको छ ।
एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत
शिवमले नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड २०१९ बाट प्रथम भई पुरस्कृत भएको छ ।
यो अवार्ड विभागले हरेक वर्ष नेपाल गुणस्तर चिन्ह प्राप्त सम्पुर्ण उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र विक्रि वितरण गर्ने उद्योगलाई सम्मान स्वरुप प्रदान गर्ने अवार्ड हो । एनएस क्वालिटी अवार्ड २०१९ सिमेन्ट जगतमा पहिलो पटक उक्त अर्वाड शिवमले प्राप्त गरेको हो ।
ओ.पि.सी सिमेन्ट मात्र उत्पादन गर्दै आहिरेको शिवम्ले उच्च गुणस्तरको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहको र शिवम् सिमेन्टको आफ्नो उत्पादन उच्च गुणस्तरको रहेको यस अवार्ड प्राप्त गुर्नले पनि प्रमाणित गरेको छ ।
हाल नेपाली बजारमा सिमेन्टको उच्च प्रतिस्पर्शा रहेको र उक्त प्रतिस्पर्धी बजारमा अगाडि आउन मुख्य कुरो भनेकै निरन्तर उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्नु तथा उत्पादित गुणस्तरिय सिमेन्टलाई निरन्तर ग्राहकहकसम्म पुर्याउनु हो जुन कुराको व्यवस्थापनमा शिवम् सधै अगाडि रहेको कम्पनीका प्रतिनिधी बताउछन ।
‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ शिवम् सिमेन्ट
‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ भन्ने नारासहित नेपाली बजारमा स्थापित भैसकेको शिवम् सिमेन्टले भारतीय बजार खोज्न थालेको छ ।
नेपालको चुनढुंगा उच्च गुणस्तरको भएकाले सिमेन्टले भारतीय बजारमा ब्राण्ड बनाउनेबारे छलफल भइरहेको कम्पनीले जनाएको छ ।
त्यसो त नेपालमा सिमेन्ट उद्योगको सम्भावना बढी देखेर विदेशी लगानी पनि आकर्षित भइरहेको छ । नेपाली शिवम् भारतीय बजारमा प्रवेश गर्ने हो भने त्यहाँ पनि यसले आफ्नो बजार हिस्सा जोगाउनेमा कुनै शंका नरहेको कम्पनीका अधिकारी बताउँछन्।
हुन पनि नेपालका सिमेन्ट उद्योगहरु मध्ये शिवम् सिमेन्टले आश्चर्य जनक ढंगले फड्को मारेको छ । शिवम् सिमेन्टका एक अधिकारी भन्छन् –‘ शिवमले स्थापनाकाल यताको समयमा नेपाली प्रयोगकर्ताहरु बीच मूल रुपमा जुन विश्वसनीयता कमायो, जसका कारण आज यो सिमेन्ट विदेश निर्यात गर्ने द्वारमा आइपुगेको छ । ’
सेवा होस वा वस्तु, कुनै पनि व्यवसायी वा उद्योगीले निरन्तर गुणस्तरीय वस्तु वा सेवा प्रवाह गरिराख्छ भने बजारमा उसको हिस्सा अधिकार झै स्थापित हुँदो रहेछ भन्ने एक उदाहरण शिवम सिमेन्ट बनेको छ ।
शिवम् सिमेन्ट उद्योगले कम्पनीको तथ्यांक र सिमेन्ट उत्पादन प्रक्रिया, चुनढुंगाको गुणस्तर आदि प्रमाणका रुपमा पारदर्शी ढंगले प्रस्तुत गरेको छ ।
कस्तो हो शिवम् सिमेन्ट
सन् २००३ मा स्थापना भएको शिवमले सन् २०११ देखि व्यवसायिक उत्पादन थाल्यो । अहिले यो उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योगका रुपमा स्थापित भएको छ । यो उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्छ । यो आँकडाले नै शिवमको क्षमता प्रष्ट पार्छ ।
एक टनमा एक हजार किलो हुन्छ । कतिपय सिमेन्ट उद्योगहरुले भारतबाट क्लिन्कर ल्याएर नेपालमा धुलो बनाउने र प्याकेजिङ गरेर बिक्री गर्छन् तर शिवम् आफैंले दैनिक १ हजार ९ सय टन क्लिंकर उत्पादन गर्छ । कम्पनीले जर्मन प्रविधिवाट चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
शिवमका दुई ब्रान्ड बजारमा छन् । शिवम् र शिवम् प्लस । दुबै ओ.पि.सी सिमेन्ट भए तापनि शिवम् सिमेन्ट भन्दा शिवम प्लसमा थप कप्रेसिभ स्ट्रेन्थ भएको हुनाले प्राविधिकहरुले निर्माणको आवश्यकता हेरेर कुन सिमेन्ट उपयुक्त हुन्छ भन्ने निर्धारण गर्छन् ।
शिवमका सिमेन्टहरु जुनसुकै विकासका पूर्वाधारमा प्रयोग हुन सक्छन् ।
पछिल्लो समय त ठूला पूर्वाधारमा शिवम् नै सिफारिस गर्नेहरु धेरै छन् । उच्च गुणस्तरको क्लिंकर, सही गुणस्तरको जिप्समको उचित संयोजनबाट शिवमले उत्कृष्ट सिमेन्ट उत्पादन गर्दै आएको छ ।
शिवम् सिमेन्ट निम्न प्रकारका पूर्वाधारमा सिफारिस हुनेगरेको पाईएको छः
१ रेलवे पटरीमा
२ अग्ला, लामा पुलहरुमा
३ विशालकाय भौतिक संरचनाका लागि
४ इन्टरब्लकहरुमा
५सडक, धावनमार्थ र उद्योगहरुका भवनमा
६ पुलका खम्बा निर्माणमा
७अग्ला ठूला संरचनाको बीमका लागि
८गगनचुम्बी भवनहरुका लागि
९। सिसी पुल निर्माणका लागि
१०। विद्युतीय पिलर निर्माणका लागि
नेपालमा बन्ने जस्तो सुकै भवन संरचनाका लागि पनि शिवम् र शिवम् प्लस सिमेन्ट भए पर्याप्त हुने कम्पनीको दाबी छ ।
शिवमका गुणस्तर प्रमाण र अवार्ड
शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारबाट एनएस चिन्ह अर्थात नेपाल गुणस्तर चिन्ह, एन.एस आई.एस.ओ. प्रमाणपत्र, यू.आर.यस. आइएसओ प्रमाण पत्र तथा ब्युरो अफ इन्डियन स्टान्र्डस प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै अर्थ मन्त्रालयको नेपाल इनर्जी खपत कार्यक्रमसँग जर्मन सरकारको केएफडब्लु भन्ने जर्मन सहयोग अन्तर्गतको फाइनान्सिएल को अपरेशन फर द प्रोमोशन अफ इनर्जी इफिसेन्सी नामका कार्यक्रम कार्यान्वयनको जिम्मामा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमार्फत नेपालमा स्थापित उद्योग मध्येबाट पावर अफ इनर्जी अडिट रिपोर्टको सुझाव अध्ययन गरी शिवम् सिमेन्ट उद्योग सर्बोत्कृष्ट घोषित भएको थियो । जसमा यस कम्पनीले एक करोड पाएको थियो ।
शिवममा जनताको पनि लगानी
सामान्यतः नेपालका चलेका उद्योगहरुमा जनताको लगानी हुँदैन । तर शिवम् सिमेन्ट यस्तो उद्योग हो, जहाँ जो कोहीले जहिले पनि लगानी गर्न सक्छ । स्टक मार्केटमा सूचीकृत शिवमको सेयर खरिद गर्ने हो भने शिवम्मको मुनाफामा जो कोही हिस्सेदार बन्न सक्छन ।
उच्च गुणस्तर अनि धेरै बिक्री हुने भएकोले उद्योगले मुनाफा पनि राम्रो कमाउँछ । जसका कारण शिवममा लगानी गर्नेहरुले निराश हुनु पनि पर्दैन ।
आइपिओ बिक्री लगत्तै शिवमले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको थियो । शिवमको आइपिओ प्रतिकित्ता ३ सयमा खरिद गरेका लगानीकर्ताहरु अहिले राम्रो मुनाफाको अवस्थामा छन् भने दोस्रो बजारमा खरिद गर्नेहरु पनि सन्तुष्ट रहेको कम्पनीमा लगानीकर्ता ओइरिएकाले पनि देखाउँछ ।
अन्तर्राष्ट्रिय कम्पनीसँग पनि साझेदारी
शिवम् सिमेन्ट लिमिटेड र चीनको प्रतिष्ठित कम्पनी होङ्सी सिमेन्टको साझेदारीमा नेपालकै ठुलो सिमेन्ट कम्पनी होङ्सी सिमेन्ट प्रा.लि. स्थापना गरी हाल निरन्तर सिमेन्ट उत्पादन तथा विक्रि वितरण गरिरहेको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै शिवम्
शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्तव बोध गर्दै विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आईरहेको छ । जस अन्र्तगत मकवानपुरगढी स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण तथा व्यवस्थापन वा अन्य प्रारम्भिक खर्च स्वरुप रु.५१,००० को ‘सिड मनी’ प्रदान, कोभिड १९ को महामारीको अवस्थामा क्वारेन्टाइन को लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग तथा हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ का विपन्न ३८० घरधुरी परिवारलाई खाद्यान्न वितरण, न्यानो कपडा वितरण, शैक्षिक छात्रवितृ तथा विद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण, स्वास्थ्य शिविर आदि जस्ता कार्यहरु गर्दै आईरहेको छ ।
निःशुल्क निर्माण विज्ञ परामर्श सेवा
शिवम् सिमेन्ट लिमिटेडले घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोली मार्फत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको थियो ।
यस सेवालाई अझ धेरै भन्दा धेरै ग्राहक एवं निर्माणकर्ताहरुका निर्माणस्थलहरुसम्म पुर्याउने लक्ष्य बोकी “गुणस्तरमा सम्झौता नगरौं” र “मजबुत निर्माण प्रति हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको यस अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन गर्न गईरहेको छ ।