शिवम् सिमेन्टको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम सोमबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो।
कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन सार्वजनिक गरे।
कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पूँजी ४ अर्व ४० करोडको २४.२१ प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांस वितरण गरिने भएको छ।
आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गर्ने निर्णय भएको कम्पनीले बताएको छ।
कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्षसुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीको सक्रिय सहभागिता रहेको थियो।