रिद्धी सिद्धी सिमेन्टले ‘शिलान्यास रिद्धी सिद्धीसँग’ नामक योजना ल्याएको छ। यो योजना अनुसार ग्राहकले आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन्।
कम्पनीसँग सम्पर्क गरेपछि कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगेर निर्माणस्थलको निरीक्षण गर्नेछ। त्यसपछि परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन्।
सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले स्वयम् भुक्तानी गर्नुपर्छ। तर, परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभए सो परीक्षण शुल्क फिर्ता गरिने कम्पनीको भनाइ छ।
तोकिएको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि किनिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घाटाइन्छ। यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ।
कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ र ९८०१५७२११२ मा सम्पर्क गरेर यसबारे विस्तृत जानकारी लिन सकिन्छ।
यो योजना अहिले ५ सय उपभोक्तालाई लक्षित गरिएको छ। जुन मङ्सिर महिनाका लागि मात्रै लागु हुने कम्पनीले जानकारी दिएको छ।
यस्तो सुविधा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र दिइएकाे छ।
हाल कोरोना महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरुमा लागू गरिएको हो। यस योजनालाई क्रमिक रुपमा विस्तार गरिने कम्पनीको भनाइ छ।