नेपालको लागि जेसिबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जुम्लामा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।
नयाँ आउटलेटबाट जेसिबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ।
यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तिव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको अंकित जनरल स्टोरका चन्द्र खड्काले बताए।
यो सहित जेसीबीले नेपालमा २० वटा एआरओ (अथोराइज रिटेल आउटलेट) स्थापना गरिसकेको छ।
गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, हरिओन, हिले, फिदिम, चन्द्रौटा, दमौली, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।
जेसिबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।
हाल जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन्।
इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय रहेको कम्पनीले जनाएको छ।
जेसिबीले बिक्रीभन्दा बिक्रीपछिको सेवालाई जोड दिएको कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर एक ब्रान्ड बनेको कम्पनीको दावी छ।