हुलास स्टील इन्डस्ट्रिजले नयाँ किसिमको छाना छाउने ‘कर्कटपाता गल्भाअलुम’को उत्पादन सुरु गरेको छ।
गल्भाअलुम कर्कटपाता उत्पादनमा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिंग प्रयोग गरिन्छ।
यसकारण उक्त कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंक प्रतिरोधि क्षमता ३ गुणा बढी हुने कम्पनीले बताएको छ।
उद्योगले बजारमा गल्भाअलुम ड्युराकलर ब्रान्डमा बिक्री वितरण गर्ने भएको छ।
कम्पनीकाअनुसार नेपालमा पहिलो पटक अष्ट्रेलियन प्रविधिको कोटिंग प्रयोगमा यो कर्कटपाताको ल्याएको हो।
हुलास गल्भाअलुम र हुलास ड्युराकलर कर्कटपाताहरु नेपाली बजारमा कम्पनी कै डिलरहरु, डिपो तथा शाखा कार्यालयहरुमा पाइनेछ।