सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने भएको छ। उक्त क्षेत्रमा अस्पताल बनाउने निर्णय गरेर सर्वोत्तमले सुनवल नगरपालिकालाई प्रतिबद्धता–पत्र प्रदान गरेको हो।
अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपाने सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले ग्रहण गरेका थिए।
अस्पताल करिब ४ करोडको लागत लाग्ने अनुमान गरिएको छ।
अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा हुनेछ। दुई तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ।