शौर्य सिमेन्ट आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा (१० महिना)मा मासिक १० लाखको ब्रिक्री लक्ष्य हासिल गर्न सफल भएको छ।
व्यवसायिक उत्पादनको पहिलो महिना अर्थात् २०७८ सालको जेष्ठदेखि नै कम्पनीको उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ।
कम्पनीले हाल बजारमा शाैर्य ओ पि सि- ५३ ग्रेड, शाैर्य ओ पि सि- ४३ ग्रेड र पि एस सि सिमेन्ट उपलब्ध गराएको छ। त्यस्तै, यसले निकट भविष्यमा पि पि सि र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ।
उदयपुरको चुनढुङ्गाबाट उत्पादित शौर्य सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको छ।