भारत सरकारले गत मेदेखि स्टिल निर्यातमा लगाएको कर हटाएको छ। भारतले शनिबारदेखि स्टिल निर्यातमा लगाएको कर हटाएको जानकारी दिएको छ।
रूस–युक्रेन युद्धयता फलामजन्य वस्तुको मूल्य चर्किएको छ। रूस–युक्रेन फलामका मुख्य उत्पादक र निर्यातकर्ता हुन्। यी दुवै देश युद्धमा होमिएपछि विश्व बजारमा फलामको माग बढेसँगै भारतले कच्चा पदार्थमा निर्यात शुल्क बढाइदिएको थियो।
भारतले फलामजन्य कच्चा पदार्थहरूको निकासी शुल्क १५ प्रतिशत पुर्याएपछि यसको प्रत्यक्ष असर नेपाली उद्योगमा परेको थियो।
भारतले सिआर सिट, एचआर सिट, एमएस वायर रड लगायत कच्चा पदार्थको निकासी शुल्क शून्यबाट १५ प्रतिशतसम्म पुर्याएको हो।
यस्ता कच्चा पदार्थमा निकासी शुल्क घटाएपछि यसको लाभ नेपाली उद्योगलाई पर्ने व्यवसायीहरूको भनाइ छ।