नेपालको कुल जनसख्यामध्ये २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको पाइएको छ।
शुक्रबार सार्वजनिक २०७८ को जनगणनाको नतिजा अनुसार २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको पाइएको हो।
त्यस्तै, तीमध्ये ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको पाइएको छ।
पहिलो पटक वि.सं. १९१० को मुलुकी ऐनले सम्पत्तिमा महिलाको अधिकार कायम हुने व्यवस्था गरेको थियो।
अहिले महिलाको नाममा घरजग्गा किन्दा २५ देखि ३५ प्रतिशतसम्म कर छुट रहेको छ।