सरकारले चक्रपथको हरेक ९—९ किलोमिटरमा ओभरहेड ब्रिज बनाउने भएको छ।
चक्रपथको लम्बाइ २७ किमि रहेको छ। कोटेश्वर लगायतका अन्य २ स्थानमा ओभरहेड ब्रिज बनाउन लागिएको सडक विभागका महा–निर्देशक गोपाल सिग्देलले जानकारी दिए।
अहिले काठमाडौं १८ स्थानमा ओभरहेड ब्रिज रहेको छ। त्रिपुेश्वर र माईतिघरमा पनि ओभरहेड ब्रिज बनाउने बारे अध्ययन गरिरहेका सिग्देलले बताए।
कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका लागि चीन सरकारले चार अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ फ्रेबुअरी २०११ मा यो सडक निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धपत्रमा हस्ताक्षर भएको थियो ।
विभागका अनुसार सडकको चौडाइ ३८ दशमलब ५ मिटरको छ । यसैलाई आठ लेनमा विभाजन गरिएको छ । नक्सामा उल्लेख भएअनुसार १५.५ मिटर सडक चार लेनमा विभाजन गरिएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले उपत्यकाका १८ स्थानमा ओभरहेड ब्रिज बनाउनुपर्ने बताए। पुल बनाउन जत्ति ढिला हुन्छ सड्क जाम उत्तिनै बढ्दै जान्छ ।’ उनले भने।