बढ्दो कोरोना भाइरसलाई मध्येनजर गरेर सिजी ब्राण्डले फ्रुट तथा भेजिटेबल प्युरिफायर बजारमा ल्याएको छ।
अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधितगरि खान मिल्ने बनाउनलाई सिजीले फ्रुट तथा भेजिटेबल प्युरिफायर बजारमा ल्याएको हो।
यो प्युरिफायर ग्राहकले १० लिटरको क्षमतामा पाउँछन्। यसले तरकारी र फलफुल मात्र नभई समुन्द्री खाना, मासु, किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुधखाने बोटल पनि प्रशोधित गर्दछ।
यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजी भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ।
यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको त्यस्तै बचाई राख्छ।
यसमा अटोमेटिक टाईमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ।
कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टीको व्यवस्था गरेको छ।