इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ। यी मेसिन युरोपमा डिजाइन र उत्पादन गरी नेपाली बजारमा ल्याइएको हो।
वासिङ मेसिनमा डिजिटल ड्राईभ मोटर रहेको छ। जसले विजुलीको बचत गराउँछ र मेसिन शान्त रुपमा चल्छ।
यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ। जसले लुगालाई सुरक्षित गरेर सफासँग धुन्छ।
मेसिनमा भएको एलर्जी सेफ नामक प्रोग्रामले कपडालाई स्वच्छ राख्ने कम्पनीले बताएको छ।
त्यस्तै यसमा इकोलोजी सिस्टम पनि छ। यो सिस्टमले मेसिन कम लोडमा चलाउँदा विजुली तथा पानी कम खपत गर्छ। वासिङ मेसिनमा भएका १५ वटा वास प्रोग्रामहरुबाट इच्छा अनुसार जुनसुकै प्रोग्राम प्रयोग गर्न सकिन्छ।
मेसिनले कपडा धोई सकेपछि भित्र नै लुगा सुकाई दिने भएकोले मनसुनको समयमा उपयोगी हुने कम्पनीको दावी छ। वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टीसमेत प्रदान गरिएको छ।
कम्पनीले बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङ डिसवासर पनि उपलब्ध गराएको छ। डिस्प्ले स्क्रिन तथा टच स्क्रिन भएको यो मेसिन प्रयोग गर्न प्रयोग गर्न सजिलो भएको कम्पनीले बताएको छ। मेसिनमा भएका विभिन्न वासिङ प्रोगामहरुलाई आवश्यकता अनुसार प्रयोग गरी भाँडा सफा गर्न सकिन्छ।
मेसिनमा स्टिम वास अटो डोर टेक्नोलोजी जस्ता विशेषता छन्। जसले खाना कट्कटिएको भाँडा सजिलै सफा गर्ने र सुकाउने झन्झटबाट मुक्त गर्ने कम्पनीले बताएको छ।
त्यस्तै अर्को जेट वास विशेषताले कम फोहर भएका भाँडाहरुलाई १४ मिनेटमा नै सफा गर्छ। र हाफ लोड अप्सन टेक्नोलोजीले भाडा थोरै हुँदा तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गर्ने सुविधा थपेको छ।
डिसवासरको खरिदमा कम्पनीले १५ प्लेस सेटिङमा ३ वर्षको मोटर वारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी दिएको छ।