इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै आफ्नो २०२१ रेन्ज अन्तर्गत कन्भर्टिबल ५ इन १ एयर कन्डिसनर बजारमा ल्याएको छ।
कन्भर्टिबल ५ इन १ मा इन्भर्टर एसीको साथ यन्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको कम्पनीले बताएको छ।
नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम विजुली खपत, सहज तथा कस्टमाइज कुलिङ तथा हिटिङ जस्ता मोडहरुले सहजै आवश्यकता पूरा गर्ने छ।
नयाँ रेन्जको यो एसीमा सामसङले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर र पिसिबी मा १ वर्ष समय अवधी ग्यारेन्टी दिएको छ।
'हाम्रो नयाँ एसीले स्वास्थ्य तथा श्वच्छतालाई प्राथमिकतामा राखेको छ र यो कन्भर्टिबल ५ इन १, इन्भर्टर एसीले ग्राहकको आवश्यकता अनुसार कम विजुली खपत गर्छ,' सामसङ नेपालका डिजिएम आलोक कुमार गुप्ताले बताए।
कन्भर्टिबल ५ इन १, इन्भर्टर एसीमा इजी फिल्टर प्लस बाहिर माथि पट्टी राखिएको छ, जसले गर्दा सहजै फिल्टर झिकेर सफा गर्न सकिन्छ।
यसमा भएको ४ वटा कुलिङ टेक्नोलोजीले कोठाका हरेक कुनासम्म उत्तिकै चिसो बनाउन सक्छ। यसमा भएका ५ विभिन्न मोडहरुले ४० प्रतिशत देखि १२० प्रतिशतसम्ममा कोठाको वातावरण अनुकूल कस्टमाइज्ड अपरेशन गर्न सक्ने कम्पनीको दावी छ।
यसमा भएका पार्टी मोड, नोर्मल मोड, प्लेजान्ट मोड, इको मोड, होम अलोन मोड जस्ता विकल्पहरुले विना झन्झट कोठा अनुकूल सहज बातावरण बनाउन सक्छ र कम बिजुली खपत गर्छ।
यसको डिजाइनले ग्राहकको लाइफस्टाइलसँग मेल खाने गरी सफा र प्रिमियम लुक्स दिएको छ। यसमा अझै ठूलो फ्यान तथा वाइड ब्लेडको प्रयोग गरिएको छ, जसले गर्दा अझै चाडै कुलिङ हुन सक्छ।
सामसङका एसीहरु १ टन तथा २ टन गरी दुई किसिमका छन्। यी नयाँ एसिहरुको सुरुवाती मूल्य ८९ हजार ९ सय ९० देखि सुरु भएको छ।