इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिदै गरेको दशैं र तिहार लक्षित 'यो उत्सवमा घरलाई बनाऔं सिजी स्मार्ट होम' योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास व्याक तथा उपहारहरु पाउन सकिने कम्पनीले बताएको छ।
५५ हजारसम्मको महाबचत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, तीन दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था गरेको छ।
योजना अन्तर्गत सिजीका कुनैपनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, शोकेश, कुलर र भ्याकुमको खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टी समावेस गरिएको छ।
कम्पनीले यो योजना यही भदौ २५ गतेदेखि सिमित अवधिका लागि नेपालभर लागू गरेको छ।