मलेसियामा विगत ६० वर्षदेखि सेवा दिँदै आएको खिण्ड ब्राण्डका विद्युतीय उपकरण नेपाली बजारमा आएका छन्।
सस्टेनेवल एप्लाइन्सेज नेपाल प्रा.लिले खिण्ड ब्राण्डका सामाग्रीहरू नेपालमा आपूर्ति गरि बजारमा पुर्याएको हो।
खिण्ड ब्राण्डका मध्यम वा सो भन्दा माथि आय भएका ग्राहकलाई लक्षित गरेर आफूहरूले सामान आयात गरिेको संस्थाका प्रमुख रविन सुवेदीले जानकारी दिए।
‘शुरूमा काठमाडौंबाट शुरू गरिएको आपूर्तिलाई अहिले पोखरा, चितवनलगायतका शहरहरुमा पनि विस्तार गर्दै लगिएको छ,' उनले भने, ‘अहिले हामीले एयर कन्डिस्नर, एयर फ्रायर, फ्यान, इन्डक्सन चुलो, मल्टी कुकर, कफी मेकर, राइस कुकरलगायत सामानहरू नेपाली बजारमा विक्रि वितरण गरेका छौ।’
तुलनात्मक रूपमा यस कम्पनीको सामानहरु गुणस्तरीय र विश्वसनीय भएको कम्पनीले दाबी गरेको छ।