सामसङ नेपालले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा 'नयाँ वर्षको कोसेली, घर भित्र्याऔं यसपाली' योजना सुरू गरेको छ।
योजनाअन्तर्गत ग्राहकरहरूले यही २०७८ चैत्र ११ देखि २०७९ जेठ १ गतेसम्म अथवा स्टक रहुन्जेलसम्म ग्राहकहरूले सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना सामसङको टिभी, रेफ्रिजिरेटर र वासिङ मेसिन खरीदमा लागू गरिएको छ। जस अनुसार सामसङको लाइफस्टाइल टिभी द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिन्छ।
१०० प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्युएलइडी टिभी २० प्रतिशतसम्म र सबैभन्दा लोकप्रिय क्रिस्टल ४-के युएचडी टिभी २० प्रतिशतभन्दा ज्यादा छुटमा उपलब्ध हुनेछ। साथै, पिसी मोड, म्युजिक सिस्टम जस्ता विशेषताहरूले नौलो रोमाञ्चक अनुभूति प्रदान गर्ने सामसङ स्मार्ट टिभीमा अधिकतम २५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ।
यसैगरी, सामसङको नवीन ५७९ लिटर क्यापासिटिको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजिरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रोे र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजिरेटरहरू र सिंगल डोर रेफ्रिजिरेटर २२ प्रतिशतसम्मको क्यासब्याक अफरका साथ उपलब्ध छन्।
८ केजी, ९ केजी र १२ केजी क्यापासिटी भएको हाइजिन स्टिमयुक्त सामसङ फ्रन्ट लोड वासिङ मेसिन, ८ र १२ केजी क्यापासिटीमा उपलब्ध ए आई इकोबबल वासर ड्रायर, ७ केजी तौल क्यापासिटीको सामसङ टप लोड डिजिटल इन्भर्टर प्रविधि, र ७ केजी क्यापासिटिमा पाइने डायमन्ड ड्रम प्रविधियुक्त सामसङको टप लोड वासिङ मेसिनहरूमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको छ।
कम्पनीका अनुसार टिभीमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरूमा दिइएको छ। डिआइटी कम्प्रेसर (रेफ्रिजिरेटर) र एसिमा १० वर्ष, डिआइटी मोटर (वासिङ मेसिन) मा १० वर्षको वारेन्टी दिएएको छ।
सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरीद गरिएका केही प्रमुख उपकरणहरू निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ।