पछिल्लो समय नेपालमा पनि उच्च मूल्यका स्मार्टफोनहरु प्रशस्त बिक्री हुने गरेका छन्। कुन रेन्जका स्मार्टफोन कति बिक्री हुन्छन् भन्ने आधिकारिक तथ्यांक कतै नपाइए पनि बजारमा यस्ता फोन प्रयोगकर्ताहरु बाक्लिएका छन्।
महँगा स्मार्टफोन बनाउने विश्वव्यापी कम्पनी र तीनका ब्रान्ड नेपालमा छन्। एप्पल, हुवावे र सामसङका फोनहरु उच्च मूल्य रेन्जमा उपलब्ध छन्। यसमा एप्पलका आइफोन सबैभन्दा महँगा स्मार्टफोन हुन्। विभिन्न सिरिजका फोनहरु १ लाख माथि मूल्यका छन्।
आइफोन एक्सएस म्याक्स गोल्डको मूल्य २ लाख ३ हजार रुपैयाँ रहेको छ। २५६ जिबी स्टोरेज क्षमता भएको यो फोनसँगै स्पेस ग्रे रंगमा उपलब्ध हुने फोनको मूल्य पनि यति नै छन्।
आइफोनकै एक्सएस गोल्डको मूल्य १ लाख ८७ हजार रहेको छ। यो फोन स्पेस ग्रेमा, सिल्भरमा पनि रहेको छ। एक्सएस म्याक्सको मूल्य १ लाख ७९ हजार रहेको छ। आइफोन एक्सएस म्याक्सको मूल्य १ लाख ७० हजार छ भने एक्सएसको मूल्य १ लाख ५३ हजार रहेको छ।
आइफोन एक्सआरको मूल्य १ लाख ४६ हजार रहेको छ।
त्यस्तै नेपाली बजारमा पाइने १ लाख माथि मूल्य पर्ने स्मार्ट फोन हो हुवावेको मेट २० प्रो। वायरलेस चार्जिङ सुविधा भएको यो फोनको मूल्य १ लाख २९ हजार रहेको छ।
अर्को ब्रान्ड हो सामसङ ग्लालेक्सी एस १० र नोट ९ सिरिजका अधिकांश स्मार्ट फोनको मूल्य १ लाखमाथि रहेको छ। ग्यालेक्सी एस १० प्लसको मूल्य १ लाख २३ हजार छ। नोट ९ को मूल्य १ लाख ५ हजार रहेको छ।