राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन् । उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन् ।
यो योजना मे २, २०१९ (बैशाख १९, २०७६), एक दिनको लागि मात्र लागु हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ । प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन् । यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनैपनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ ।
यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ । ग्राहकहरु जसले मोबाइल बैंकिङ्ग सेवा लिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइल बैंकिङ्गको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्नेछन् ।