शाओमीले ३२ एमपी सेल्फी क्यामेरा भएको ‘रेडमी वाई ३’ नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर डिजाइन ल्याएको हो ।
आश्चर्यजनक र प्रिज्म डिजाइनसँगै ‘रेडमी वाई ३’ ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए।
क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालित तथा उच्च क्षमता भएको ४ हजार एमएएच ब्याट्रीसँगै यस स्मार्टफोनले नेपाली ग्राहकलाई सुलभ मूल्यमा सबै भन्दा उत्कृष्टि प्रविधि ल्याएको कम्पनीको दाबी छ।
फोनको पछिल्लो भागमा प्रिज्म जस्तै माइक्रो लाइन छ। फोनको अघिल्लो भागमा कर्निङ गोरिलाग्लास ५ रहेको छ।
रेडमी वाई ३–३२ एमपी सुपर सेल्फी
अघिल्लो रेडमी वाई सिरिज फोनले बनाएको विरासतलाई महत्वपूर्ण फड्को मार्दै, रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ। तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएससँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो।
१.६माइक्रो मिटरसुपर पिक्सेल साइजसँगै रेडमी वाई ३बाट हल्का प्रभावकारी देखि जीवनउपयोगी छवि सृजनागर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । सहज स्क्रीन फ्ल्यासको माध्यमबाटकमप्रकासमापनि सेल्फीलिन सकिन्छ जुन स्वचालित रुपमा सक्षमगर्न वाफोर्स इनेबल गर्न सकिन्छ ।
रेडमी वाई ३, ३२ एमपी सेल्फीक्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।
औरा प्रिज्म डिजाइन
रेडमी लाइन अपमा भएको एक सबै भन्दा नयाँ विकास औरा डिजाइन हो । रेडमी वाई ३ मा औरा डिजाइनले मुर्त रुप दिन्छ तर फोनको पछिल्लो भागमा प्रिज्म जस्तै इफेक्ट, ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई ३ ले पहिल्लो यस सेग्मेन्टमा कहिल्यै नभएको कुरा ल्याएको छ ।
६.२६ (१५.९ सीएम) एचडी प्लस डट नोच डिस्प्लसँगै कर्निङ गोरिलाग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथ अद्भूत अनुभव प्रदान गर्दछ । फोन एलिजेन्ट ब्लू , बोल्ड रेड र प्राइमब्लाक रंगमा उपलब्ध छ।
क्रियो कम्प्यूटिङ स्न्यापड्रेगोन ६३२
पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रेगोन ६३२ मोबाइल प्लेटफर्मसँगै कस्टम क्वालकमक्रियो कोर विशेषता ल्याएको हो। स्न्यापड्रेगोन ६३२ मोबाइलप्लेटफममा चार कोरको दुईवटा हिस्सामा ८ क्रियो २५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभकाम राम्रो तरिकाले गर्न विभाजन गरिएको हुन्छ ।
सक्षम एडे«नो ५०६ जीपीयूसँग रेडमी वाई ३ अत्याधुनिक गेम र भिजुअलका लागि पनि योग्य छ ।
रेडमी वाई ३ ले प्रयोगकर्तालाई २ दिन ब्याट्री लाइप mभएको ४००० एमएएच ब्याट्री प्रदान गर्छ जुन यो भन्दा अगाडि रेडमी नोट स्मार्ट फोनहरुमा मात्र उपलब्ध छ।
मूल्य र उपलब्धता
रेडमी वाई ३, ३ जिबी प्लस ३२ जिबी भेरियन्टका लागि १८ हजार ४ सय ९९ मा र ४ जिबी प्लस ६४ जिबी भेरियन्टका लागि २१ हजार ४ सय ९९ रुपैयाँ छ। मेईबाट देशभर ९०० बढी अफलाइन स्टोर र दराज डट कमधधध।मबचबश।अयm।लउ मा उपलब्ध हुनेछ ।