ओप्पोले ‘अल ईंग्ल्याण्ड लन टेनिस क्लब’(एईएलटीसी),संग पार्टनरसिप गर्दै ‘च्याम्पियनशिप, विम्बलडन’को पहिलो आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ। पार्टनरशिपसंगै पहिलो एसियाली पार्टनर पनि बनेको हो।
ओपोले पछिल्ला समयमा खेल जगतमा एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)संग आधिकारिक मोबाइलफोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ।
यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगत्मा पहिलो पाइलाका रुपमा लिइएको छ।सम्झौता २०१९ देखि ५ बर्षका लागि गरिएको हो।
विम्बलडन ब्राण्डको सहयोग मार्फत ओप्पोले युके र युरोपेली बजारमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउनुका साथै बजारमा आफ्नो दीर्घकालिन लगानीको प्रतिबद्धता प्रदर्शित गर्ने जनाएको छ।
सहकार्यले एईएलटीसीलाई ओप्पोको उपस्थिति रहेका स्थानमा ब्राण्डको बलियो पहिचान स्थापितगर्न सहयोग मिल्ने छ। यो सहयोग विशेषगरी चीनका लागि हुने कम्पनीको भनाइ छ।
विम्बलडनको आदर्श ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओप्पोको उत्पादनमा नवप्रबर्तन र डिजाइनप्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्य अंश च्याम्पियनशिप्समा आप्पोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ।
ओप्पोले ब्यवसायिकग्रास कोर्ट सिजन र एईएलटीसी ग्रास कोर्ट रणनीतिको प्रचारका लागि पनि उल्लेखनीय भूमिका खेल्ने छ। विम्बलडन च्याम्पियन बन्ने लक्ष्य बोकेका जुनियर्सले आफ्नो विकासकालागि हरेक चरणमा ग्रास कोर्टमा खेल्ने अवसर पाउन् भन्नु यसको मुल उद्देश्य हो।
‘च्याम्पियनशिपका आधिकारिक आपूर्तिकर्ताहरुको परिवारमा ओप्पोको स्वागतगर्न पाउँदा हामी निकै खुसी छौँ । ओपो स्मार्टफोन्सले विम्बलडनको आईकनिक सुन्दरतालाई हाम्राविश्वभरका दर्शकमाझ पस्केको हेर्न हामीनिकै आतुर छौँ ।’ एईएलटीसीका कमर्सियल एण्ड मिडिया डिरेक्टर, मिक देसमण्डले भने ।
पार्टनरसिप घोषणाका लागि अल ईंग्ल्याण्ड क्लबमा आयोजित कार्यक्रममा ओप्पोका उपाध्यक्ष, ब्रायनशिन र एईएलटीसी कमिटी मेम्बर, टिम हेनम्यान र एईएलटीसीका कमर्सियल र मिडिया डिरेक्टर मिक देसमण्डले औपचारिक हस्ताक्षर गरी गरेका हुन्।