ओप्पोले नेपालमा रमजानको अवसर आफ्ना दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ।
ओप्पोले ‘ए७’ (४+६४ जिबी) र ‘एथ्रीएस’ (२+१६जिबी) भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो।रमजान अफर अन्तर्गत अब यी फोनहरु क्रमशः २७ हजार ९ सय ९० र १५ हजार ९ सय ९० मा उपलब्ध हुनेछन् ।
अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण भएको कम्पनीले जानकारी दिएको छ।
यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।
त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो।
कम्पनीका अनुसार ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओप्पो ए७मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरीय तस्विर खिच्ने चाहना पूरा गर्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क् यामेराको ब्यवास्था गरिएको छ।