दूरसञ्चार जायन्ट हुवावेले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित डेटाबेस सार्वजनिक गरेको छ। कम्पनीले एआइ नेटिभ डेटाबस गेसडिबीले डेटा पूर्वाधारको परिभाषा नै बदलिदिने बताएको छ।
"मानवीयता नै अब बौद्धिक युगममा प्रवेश गरेको छ" हुवावेको कार्यकारी निर्देशकले भने,'अबवको समयमा डेटा उत्पादनको नयाँ सधान र नयाँ बौद्धिक उत्पादकत्व हो।'
इन्टेलिजेन्ट विश्वलाई पूरै जोड्नमा हुवावे प्रतिबद्ध भएको र सूचना प्रविधिको पूर्वाधारबाट स्मार्ट डिभाइसलाइ जोड्नमा मुख्य भुमिकता खेल्ने कम्पनीले प्रतिबद्धतता जनाएको छ।
हुवावेको यो नयाँ डेटाबेसको पुरै जिवनचक्र एआइ आधारित हुने बताइएको छ। जसले ओएण्डएम, ट्युनिङ आफै गर्ने छ। अनलाइन एनालाइटिकल प्रोसेसिङमा,अनलाइन ट्राङजेक्सन प्रोसेसिङ र हाइब्रिड ट्राङजेक्सन/एनालाइटिकल प्रोसेसिङ भएको गेसडीबीले अप्टिमालिटी थेउरीबाट सूचना प्रविधि उद्योकै पहिले सेल्फ टुनिङ अल्गोरिदमबाट ट्युनिङ पर्फरमेन्स बढाउने बताइएको छ।