नेपाल टेलिकमले विस्तार गर्न लागेको मध्यपहाडी सूचना राजमार्गको प्रधानमन्त्ती केपी शर्मा ओलीले शिलान्यास गर्ने भएका छन्। मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबार विस्तार गरेर सूचना राजमार्ग बनाउने योजना नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको थियो।
यसमा प्रदेश १ देखि ३ सम्म नेपाल टेलिकमले विस्तारको जिम्मा पाएको छ। यही खण्डको शिलान्यास प्रधामन्त्रीले सोमबार गर्ने भएका छन्। गोरखाको गल्छी गाउँपालिकाको मासटारमा उनले शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
धनकुटाको हिले र सिन्धुलीको खुर्कोटबाट पनि साेमबारदेखि काम शुरु हुने टेलिकमले जानकारी दिएको छ।
नेपाल टेलिकमले २ हजार १७९ किलोमिटर क्षेत्रफलमा अप्टिल फाइबर विस्तार गर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषको रकमबाट मध्य पहडी क्षेत्रसँग उत्तरदक्षिण करिडोरबाट नेपालभर अप्टिकल विस्तार गर्ने योजना ल्याएको छ।
नेपाल टेलिकमले जिम्मा पाएको क्षेत्रमा निकै ढिलागरीमात्र काम शुरु हुने भएको छ। टेलिकमले अप्टिकल विस्तारका लागि बल्ल ठेक्का सम्झौता गरेको छ। सम्झौता भएको २ वर्षभित्र काम सम्पन्न हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।
टेलिकमले यो क्षेत्रमा अप्टिकल विस्तारका लागि चिनियाँ र कोरियन कम्पनीलाई जिम्म दिएको छ।