अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने घोषणा गरेसँगै हुवावेले औपचारिक प्रतिक्रिया दिएको छ।
विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेले उत्पादन भएर बजारमा गइसकेका र विश्वभर स्टकमा रहेका सबै स्मार्टफोनमा सेकुरिटी अपडेट निरन्तर हुने प्रष्ट पारेको छ।
‘अहिले अस्तित्वमा रहेका सबै हुवावे र अनर स्मार्टफेन तथा ट्यावलेटमा सेकुरिटि अपडेट हुने छ’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेपछि गुगलले यस्तो निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकी कम्पनीसँग कारोबार गर्न हुवावेले लाइसेन्स लिनु पर्ने सर्त राखेको छ।
गुगलले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारको निर्देशनको पालना गरेर त्यसको कार्यान्वयनको समीक्षा गरिरहेको जनाएको छ।
हुवावेले आगामी दिनमा उपभोक्ताका लागि प्रयोगमैत्री दिगो सफ्टवेयर इकोसिस्टम विकासमा लागिरहेको बताएको छ।
‘ सुरक्षित र दिगो सफ्टवेयर इकोसिस्टम हामी बनाउने छौ जसले उपभोक्तालाइ उत्कृष्ट अनुभव दिनेछन् र यो विश्वभरका उपभोक्ताका लागि हुने छ’