ओप्पोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)संग सहकार्यका लागि सम्झौता गरेको छ।
यससंगै ओप्पो अब तीन वर्ष (२०१९–२०२१)का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ।
अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमाप्रिमियम पार्टनरका रुपमाओपो, स्मार्टफोन उद्योगबाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनियाप्राविधिक ब्राण्ड पनि हो ।
यस सहकार्यले प्रिमियर टेनिस टूर्नामेन्टको लोकप्रियतामा बढाउने र ओप्पो ब्राण्डलाई पनि अझ बढी उपभोक्तासम्म पुग्न सहयोग पुग्ने ओप्पोका उपाध्यक्ष ब्रायन शेनले बताए।
यो पार्टनरसिपमार्फत ओप्पो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधि तथा उत्पादन अनुभव लगायत क्षेत्रमा उल्लेख्य सहकार्य गर्नेछ।
कम्पनीका अनुसार ओप्पोको प्रिमियम स्मार्टफोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शित गरिनेछ।
कम्पनीले रोल्याण्ड गार्रोसमा अनसाइटरुपमै,विशेष ओप्पो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्ना नयाँ उत्पदन तथा प्राविधिका नवप्रबर्तनहरु प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
रोल्याण्ड गार्रोससंगको यो सहकार्यका साथै विम्बलडन, एफसीबार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले ओप्पोको यूरोपियन बजारमा बलियो लगानीको महत्व दर्साउँछ।
आफ्नो रणनीति ‘ईन यूरोप, फर ग्लोबल’लाई आधार मान्दै यूरोपियन बजारमा आफ्नो ब्यवसाय बृद्धि गर्दै थप नव प्रबर्तनात्मक उत्पादन तथा सेवाहरु यस क्षेत्र र विश्वभरका उपभोक्तामाझ पस्कन प्रतिबद्ध छ ।