एनसेलले ‘छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन पुल्चोक क्याम्पससंग सम्झौता गरेको छ।
सहमति अनुसार ईन्जिनियरिङ्ग तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछन्।कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पुर्याउँदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पुर्याउने लक्ष्यलिएको जनाएको छ।
सहमति अनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ साल देखि २०८० साल सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ ।
सम्झौतापत्रमा एनसेलका वित्तीय प्रमुख कनिश्कगयान विक्रमा र क्याम्पसका डिन प्रा.रामचन्द्र सापकोटाले हस्ताक्षर गरे।