‘आइएमई पे’ मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक भएको छ ।
कम्पनीका अनुसार यो एपबाट बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टिभीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ।
आइएमई पेको प्रमुख लक्ष्य मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलो बनाउनु रहेको (आइएमई पे)का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले बताए। यो एप गुगल प्ले र एप स्टोरबाट डाउनलोड गरि प्रयोग गर्न सकिन्छ।