ओेप्पो ‘प्रिमियम सेग्मेन्ट’को सबै भन्दा तिब्र बृद्धिदर भएको स्मार्टफोन ब्राण्ड घोषित भएको छ।
काउन्टर पाईण्ट रिसर्चले ओप्पोलाई वैश्विक स्तरमै सन् २०१८का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टका आधारमा यो घोषणा गरेको हो।
८६३ प्रतिशत बृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणाीमा ६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ।
बृद्धिदरका लागि नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्ससंगको सहकार्य लगायत विभिन्न कारकतत्वहरु रहेता पनि प्रमुख कारणका रुपमा कम्पनीको उत्पादन रहेको कम्पनीको भनाइ छ।
अझ कम्पनी तथा समग्र स्मार्टफोन उद्योगकै लागि हाइलाइटका रुपमा ‘ओप्पो फाइण्ड एक्स’ रहेको छ ।
कम्पनीका अनुसार प्यारिसको सुन्दर ल्यूभ म्यूजियमबाट सार्वजनिक गरिएको फाइण्ड एक्सले यसमा रहेको पानोरामिकआर्क स्क्रिन र आकर्षक पप्अप् क्यामेरा र स्लिक डिजाइनका लागि विशेष फोन लोकपृय छ।
प्रिमियम स्मार्टफोन सेग्मेन्टमा नयाँ बृद्धिचक्रका रुपमा ब्यापारिक फाइभजी स्मार्ट फोन्सको प्रवेशसँगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टर पोइण्टको अनुमान छ।
नयाँ ओप्पो रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओप्पोका लागि यसले थप सकारात्मक नतिजा निकाल्न सघाउने निश्चित रहेको कम्पनीको दाबी छ।
ओप्पो रेनोका साथमा कम्पनीले टेनएक्स हाइब्रिड जुम, स्न्यापड्रागन ८५५, पिभोट राइजिङ स्ट्रक्चरका साथमाभोक ३.० लगायतनयाँ फ्ल्यागशिप फिचर्सहरु उपलब्ध गराउने छ।
साथै, स्विट्जरल्याण्डमा भरखरै घोषणा गरे अनुसार रेनो फाइभजी भ्यारियण्ट कम्पनीकै पहिलो फाइभजी स्मार्टफोन हुनेछ ।