अमेरिकी सूचना प्रविधि जायन्ट गुगलले हुवावेसँगको सम्झौता तोड्ने घोषणा गरे लगत्तै हुवावेका स्मार्टफोनको बिक्री संसारभर घटिरहेको छ।
गुगलको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमसँगै जिमेल, युटुव र म्याप प्रयोगमा प्रतिबन्ध लगाएसँगै उसका स्मार्टफोनको बिक्रीमात्र होइन प्रयोगकर्तामा पनि संसय देखिन्छ।
हाल हुवावे मोबाइलका प्रयोगकर्तामा कुनै पनि द्वविधा नराख्न हुवावेले आग्रह गरिसकेको छ। कम्पनीले बारम्बर हालका प्रयोगकर्तालाई अहिलेको गुगलको प्रतिबन्धले असर नगर्ने कम्पनीले प्रष्ट पारेको छ।
हालका मोबाइल प्रयोगकर्ताका लागि आगामी दिनमा आवस्यक अपडेट जारी रहने उसले प्रष्ट पारेको छ। नेपालमा पनि हुवावे प्रयोगकर्ताले अपडेटको बारेमा चासो राखेर सर्भिस सेन्टर आउने गरेक छन्।
'लाख मूल्य पर्ने स्मार्टफोन बोक्नेहरु अपडेटको बारेमा चासो राख्न सर्भिस सेन्टरमै पुग्ने गरेका छन्' नेपालस्थित हुवावे स्मार्टफोनका आधिककारिक बितरक पुलकित भिमसरियाले भने।
उनका अनुसार पुरानाको चासोमात्र होइन गएको हप्तादेखि नेपालमा हुवावेका स्मार्टफोन किन्नेहरुमा बढी नै चासो देखिने गरेको छ। वितरकले आश्वस्त परेपछिमात्र ग्राहक किन्न राजी हुने गरका छन्।
गएको सातादेखि हुवावेको स्मार्टफोन बिक्रीमा पनि कमी आएको छ। दैनिक ५० देखि ७० युनिट न्यून बिक्री भइरहेको भिमसरीयाले जानकारी दिए।
यसअघि दैनिक ४ सय युनिट बिक्री हुने गरे पनि अहिले त्यो संख्यामा कमी आएको छ।