नेपाल टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ।
टेलिकमले ल्यान्डलाइन, मोबाइल तथा अन्य विभिन्न सेवामा यस्तो छुटको ब्यवस्था गरेको जनाएको छ।
यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ ।
पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो ।
छुटको अवसरलाई सदुपयोग गरी पुरानो बक्यौता भुक्तानी गर्नु समेत सम्बन्धित सबैलाई कम्पनीको आग्रह छ।