ओप्पोले आफ्नो उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिज पनि सार्वजनिक गर्ने तयारी गरेको छ।
श्रृजनशिलतालाई विशेष ध्यानमा राखि विकासित रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिल युवा ट्रण्डसेटर्स लक्षित फोन भएको कम्पनीको भनाइ छ।
ओप्पोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओप्पो स्मार्ट फोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको दाबी छ।
यही भिजनका साथ ओप्पोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ।
ओप्पोले यो फोनमार्फत आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ।नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रीत ब्राण्डका रुपमा पहिचान बनाएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार ओप्पोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यू योर्कको पेन्टाग्रामका ख्यातीप्राप्त डिजाइनर, एडी ओपारासंग सहकार्य गरेको छ। ओप्पोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धी तथा सफलता प्रतिबिम्बित गरेको छ।