वल्डलिंक कम्युनिकेशनसले ‘नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको छ।
देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन कम्पनीले प्रतियोगिता आयोजना गरेको जनाएको छ।
प्रतियोगितामा काठमाडौंबाट ८ वटा कलेज तथा काठमाडौं बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन्।
जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन्।प्रतियोगिता जुन १ बाट शुरु भएर जुन ३० सम्म संचालन हुनेछ।
आयोजकका अनुसार ३० दिन सम्म संचालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनीतिहरु बनाउनु पर्ने छ। सोही रणनीतिहरु प्रतियोगिताको निर्णायक मण्डलसामुु प्रस्तुत गरिने छ।
सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने आयोजकको भनाइ छ।
यस प्रतियोगितामा प्रथम हुने कलेजलाई २ लाख ५० हजार, दास्रो हुने कलेजलाई १ लाख र तेस्रोलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।