नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका १२४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको छ।
प्राधिकरणले केन्द्र स्थापना सम्बन्धि बनाएको कार्यविधिअनुसार प्रकाशित सूचनामा परेका आवेदनबाट १२४ तह छनौट गरेको हो।
सूचना प्रविधिको पहुँच नपुगेका स्थानीय तहमा आधाारभुत सूचना प्रविधि सेवा सञ्चालन गर्नका लागि प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषको रकम खर्च गर्नेगरी उक्त कार्यक्रम ल्याएको हो।
यसरी छनौट भएका तहले प्राधिकरणसँग सम्झौता गर्नका लागि सम्पर्क गर्नुपर्ने छ। यसका लागि सम्बन्धित तहहरुले प्राधिकरणको वेबसाइटमा रहेको फारम भरी पठाउनुपर्ने छ। फारम इमेलबाटै पठाउन सकिने छ। फारम भर्ने तरीका वेबसाइटमै बताइएको छ।
यसरी छनौट भएका स्थानीय तहहरुमा सुविधासम्पन्न सूचना प्रविधि केन्द्र स्थापना हुनेछ। जसमा प्राधिकरणले एउटा ल्यापटप, डेक्कटप कम्प्युटर ३ वटा, फोटोकपी, प्रिन्टर,स्क्यानर, प्रोजेक्टर,साउन्डसिस्टम,ब्याकप,वायरलेस राउटर,केवलजस्ता सामग्री जडान गरिदिने छ।
बिजुलीको व्यवस्था नभएको ठाउँमा सोलार पनि प्राधिकरणले नै जडान गरिदिने छ।
प्राधिकरणले बनाइदिएको केन्द्र चलाउने व्यवस्थापन गर्ने सबै जिम्मेवारी सम्बन्धित स्थानीय तहकै हुने छ।
कुन जिल्लाको कुन तहमा स्थापना हुने भयाे सूचना प्रविधि केन्द्र?