कम्प्युटर विज्ञानको क्षेत्रमा सहभागीता बढाउन माईक्रोसफ्टले बुधबार विश्वव्यापीपहल ‘आवर अफ कोड’ आयोजना गरेको छ।
विद्यार्थी र शिक्षकहरुमा कम्प्युटर विज्ञानबारेको बुझाई अभिवृद्धी गर्ने अभिप्रायले ललितपुरको लुभू स्थित ब्लूम नेपाल स्कुलमा आयोजीत उक्त कार्यक्रममा सहभागीहरुलाई एक घण्टाको कोडिङ सत्रमा सामेल गराईएको हो।
नेपालमा माईक्रोसफ्टको आधिकारीक शैक्षिक साझेदार संस्था सोचवेयरद्धारा कार्यक्रममा सहभागी हुन माईक्रोसफ्टकी साउथइस्ट एसिया न्यू मार्केट्स जनरल म्यानेजर सूकहूनचेअह काठमाडौं आएकी हुन्।
कम्पनीका अनुसार ‘आवर अफ कोड’ एक विश्वव्यापी अभियान हो जसमा १८० देशका १० करोड युवाहरु भगलिईरहेका छन् । यो अभियानको उद्धेश्य युवाहरुमा ‘एसटिईएम’ विषयहरु ः साईन्स (विज्ञान), टेक्नोलोजी (प्रविधी), ईञ्जिनियरीङ र म्याथम्याटिक्स् (गणीत) को रुची बढाउनु रहेको छ।
यसअन्र्तगत, सहभागीविद्यार्थीहरुलाई एक्लै अथवा जोडी बनाएर झण्डै एक घण्टासम्म माईनक्राफ्ट भिडीयो गेमको प्रयागगर्दै आवर अफ कोड को कक्षा (ट्युटोरियल) प्रदान गरिएको हो।