चीनको इ कमर्स कम्पनी अलिबाबाले सामान डेलिभरीका लागि ‘ड्राइभरलेस डेलिभरी’ सेवा सुरु गर्ने भएको छ।
सुरुमा यो सेवा चीनको शियोनगानमा सुरु गरिने छ। यो ड्राइभरलेस डेलिभरी सवारीसाधनले एकचोटीमा २ सय साना पार्सलहरु
डेलिभरी गर्नसक्ने जनाइएको छ।
बिस्तारै चाइनाका अन्य सहरमा पनि यसको प्रयोग गरिने कम्पनीको योजना रहेको छ। यो भन्दा अगाडि अलिबाबाले ड्रोनको प्रयोगबाट सानानको डेलिभरी गरिसकेको छ।
अलिबाबाले लामो समयदेखि रोबोटिक कम्पनी 'रोबोसेंस'संग मिलेर यो सवारीलाई बनाइरहेको थियो। अलिबाबाले अघिल्लो वर्षको जुन महिनामा प्लस अटोमेटिक व्हीकल गाडी निकालेको थियो,जसको डेलिभरीको काम गरिरहेको छ।
यो सवारीसाधनले बिना मानवीय उपस्थिति सामानको डेलिभरी गर्ने छ।