इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले आफ्नो नयाँ शाखा ईटहरीमा संचालन गरेको छ।
नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा इटहरीको नमुना चोकमा खोलेको छ। विगत १९ वर्षदेखि विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको कम्पनीको दावी छ।
सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात FTTH इन्टरनेट सेवा सुचारु गरेको थियो। सन् २०१६ मा भायनेटले उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडीसहित २३० वटा च्यानल भएको NETTV सँग साझेदारी गरेको थियो।
भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस, क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप कम्पनीले प्रदान गर्दै आएको छ। यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रवन्ध, निगरानी र सपोर्ट सेवा प्राप्त गर्न सक्छन्।